टिकट नहुनेहरूलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

मंसिर १, २०८२ |खेल ब्युरो
टिकट नहुनेहरूलाई टियु मैदान वरपर नआउन प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो सिजन साेमबारबाट सुरू हुँदैछ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट सल्ड आउट भएकाले टिकट नहुने कीर्तिपुरको टियु खेल मैदान वरपर नआउन प्रहरीले आग्रह गरेको हो । प्रहरीले एनपीएल खेलमैदान वरपर भीडभाड नगर्न भनेको छ ।

सुरक्षा व्यवस्थापनमा सहयोग गर्न टिकट नभएका व्यक्ति नआउन प्रहरीले आग्रह गरेको हो ।