
काठमाडौं । गत सिजन सुदूरपश्चिमका सेफ जैब प्लेयर अफ दिन सिरिज चुनिए भने अमेरिकी मुलका श्रीलंकाली ब्याटर प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बने ।
फाइनलमा मात्रै उनले ४९ बलमा ८७ रन बनाउनु जनकपुरले उपाधि जित्नुको प्रमुख आधार थियो। जैब र मिलान्थाको तथ्यांकले एनपीएलमा विदेशी खेलाडीको प्रभाव प्रष्ट पार्छ। यसपालि पनि विदेशी खेलाडीको भूमिका प्रमुख हुने निश्चितजस्तै छ।
एनपीएलको नियमअनुसार एउटा टोलीमा ७ नेपाली र ४ विदेशी खेलाडी प्लेइङ ११ मा खेल्न पाउनेछन् । विदेशी खेलाडीको कोटा कम भए पनि प्रभाव उनीहरूकै बढी हुने गरेको छ । विदेशी खेलाडीको हकमा फ्रेन्चाइज टोलीहरूको फरक-फरक तरिका छ । केहीले नाम चलेका खेलाडी भित्र्याएर चर्चा बटुल्दै खेलमा हाबी हुने तयारी गरेका छन् । अर्काथरिले ले भने लयमा रहेका खेलाडी अनुबन्ध गरेर मैदानमा बर्चस्व जमाउन खोजिरहेका छन् ।
१. फाफ डु-प्लेसीलाई विराटनगरले अनुबन्ध गरेको छ। उनी सिजनको सबैभन्दा हाइप्रोफाइनल खेलाडी हुन् । उनी क्रिकेटमा शान्त, संयमित र इनिङ्स निर्माणमा दक्ष ब्याट्सम्यानको रूपमा चिनिन्छ । २०१८ र २०२१ मा चेन्नई सुपर किङ्सबाट दुई पटक आईपीएल जितेका डु-प्लेसीले अन्य तीन टिमबाट आईपीएल खेलेका छन् । उनले आरसीबीको कप्तानीसमेत गरेका छन् । विश्वभरका अधिकांश लिग खेलेका डु-प्लेसीको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेवियन प्रिमियर लिग जितेको थियो । उनले दक्षिण अफ्रिकाका टी-२० मा ४ सय २४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् । २०१२ देखि २०१९ बीच दक्षिण अफ्रिकाको टी-२० आई टिमका कप्तानसमेत रहेका डु-प्लेसीले आफ्नो देशको एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीको कप्तानीसमेत गरेका छन् । डु-प्लेसीको घोषणाले विराटनगरको ब्रान्डिङलाई उचाइमा पुर्याइदिएको छ ।
२. ३५ वर्षीय दायाँहाते ओपनर जेसन रोयलाई पोखराले अनुबन्ध गरेको छ। उनी आधुनिक टी-२० क्रिकेटमा स्वायगर र फियरलेस स्ट्रोक प्लेयरका रूपमा चिनिन्छन् । विश्वभरका प्रमुख टी-२० लिग आईपीएलदेखि, बिग ब्यास र पीएसएललगायत सबैतिर आˆनो छाप छोडिसकेका रोय अनुभवी र विस्फोटक दुवै गुण बोकेका खेलाडी हुन् । इंग्ल्यान्डका लागि ६४ टी-२० अन्तर्राष्ट्रियमा ८ अर्धशतकसहित १ हजार ५ सय २२ रन जोडेका उनले समग्र टी-२० करिअरमा ४ सय १२ खेल खेलेका छन्, जहाँ उनले ६ शतक र ६९ अर्धशतक मिलाएर १० हजार ५ सय ५४ रन बनाएका छन् ।
३. यो सिजनका लागि जनकपुरले मिलान्थालाई निरन्तरता दिँदा टोलीसँग जिम्मी निसम हुने छैनन् । निसमले गत सिजन झन्डै दुई सयको स्ट्राइक रेटमा रन बनाएका थिए । जनकपुरले 'क्याप' खेलाडीको कोटा नपाएका कारण निसम एनपीएल खेल्न पोखरा एभेन्जर्स लागेका छन् । निसम टेस्ट टोलीका सक्रिय खेलाडी हुन्। निशमले मुम्बई इन्डियन्स, राजस्थानलगायत चार टोलीबाट आईपीएल खेलेका छन्। उनले अहिलेसम्म ९३ टी-२० आई खेल्दा एक हजार १० रन बनाएका थिए। त्यसैगरी ५६ विकेट लिएका हुन्।
४. जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिर र वायन पार्नेललाई खेलाउँदै छ । ४६ वर्षे लेग स्पिन जादुगर ताहिर र देब्रेहाते पार्नेल पछिल्लो २ वर्षदेखि दक्षिण अफ्रिकाबाट नखेलेका कारण जनकपुरले उनीहरूलाई एनपीएलमा ल्याउन सफल भएको हो । विश्वव्यापी लिग खेल्ने क्रममा ताहिरले यसअघि नै ५० टोलीबाट खेलिसकेका छन् । नेपाल उनको नयाँ गन्तव्य हुनेछ । ताहिरले ३० टी-२० आई खेलेका छन्। ती खेलमा उनले ६३ विकेट लिएका छन् भने १९ रन बनाएका छन्।
५. सुदूरपश्चिमबाट खेल्न लागेका अस्ट्रेलियाका क्रिस लिन अर्का अनुभवी हुन् । पहिलो पटक एनपीएल खेल्न लागेका उनले १८ अन्तर्राष्ट्रिय खेलबाट २ सय ९१ रन बनाएका थिए। उनले अष्ट्रेलियाबाट चार वर्ष टी-२० आई खेलेका छन्। अहिले राष्ट्रिय टिममा खासै सक्रिय नभए पनि उनले लगातार आईपीएल खेलिरहका छन्। बिग ब्यास लिग र क्यारेबियन प्रिमियर लिगमा उनको प्रदर्शन निकै उत्कृष्ट छ।
६. 'क्याप' खेलाडीको सूचीमा लुम्बिनी लायन्सले अफगानिस्तानका गुलबद्दिन नैब लिएको छ। उनले राष्ट्रिय टिमबाट ७८ अन्तर्राष्ट्रिय खेले खेलेका छन्। जहाँ उनले नौ सय ८६ रन बनाएका छन् भने ३५ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका उनले एसोसिएट देशमा पनि फ्रेन्चाइज क्रिकेटको अनुभव लिएका छन्।
७. पोखराले 'क्याप' सूचीमा जिम्मी निसमलाई लिएको छ । कोटा प्रणालीका कारण उनी यो वर्ष पोखरामा पुगेका छन्। तर डिसेम्बर २ देखि हुने यूएईको आईपीएल टी-२० मा दुबई क्यापिटल्समा आबद्ध रहेकाले निसमले पोखराबाट ४ खेलमात्र खेल्ने सम्भावना छ । निशमले गत सिजन २ सयको स्ट्राइक रेटमा सानदार प्रदर्शन गरेका थिए। उनले ९३ अन्तराष्ट्रिय टी-२० क्रिकेटमा एक हजार १० रन बनाएका छन् र ५६ विकेट आफ्नो नाम गरिसकेका छन्। उनले चार टिमबाट आईपीएल खेल्दा विश्वभरीका ३० भन्दा धेरै टिमबाट क्रिकेट खेलेको अनुभव लिएर नेपाल फर्किनेछन्।
कर्णाली याक्सले अफगानिस्तानकै नाजिबुल्लाहलाई अनुबन्ध गरेको छ भने सुदूरपश्चिमले न्युजिल्यान्डका स्कट कुग्लेइनलाई लिएको छ । तीव्र गतिका बलर कुग्लेइनले पहिलो सिजनमा जनकपुरका ललित राजवंशीसँगै समान सर्वाधिक १७ विकेट लिएका थिए । विदेशी खेलाडी भित्र्याएको हिसाबमा अहिले विराटनगर किंग्स सबैभन्दा चर्चामा छ । टोलीले दक्षिण अफ्रिकाका फाफ डु प्लेसी र मर्च्यान्ट डी ल्याङ्गे, न्युजिल्यान्डका मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मुन्सी र अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ ।
कमजोर टोलीमा गनिए पनि गत सिजन प्लेअफमा पुगेर चितवन राइनोजले धेरैलाई आश्चर्यमा पारेको थियो । त्यसपछाडिको प्रमुख कारण दुई विदेशी खेलाडी सोहेल तनवीर र रवि वोपारा थिए । काठमान्डु गोर्खाजसागको पहिलो खेलमै ५ विकेट लिएका तनवीरले कुल १४ विकेट लिए भने वोपाराले ८ खेलमा २८६ रन बनाएका थिए । मिलान्थाले फाइनलमा खेलेको इनिङ्सले मात्र वोपारा सर्वाधिक रन बनाउने खेलाडी सूचीमा दोस्रो स्थानमा झरेका थिए । चितवनले यही अनुभवी सूचीमा इंग्ल्यान्डका डेबिड मलानलाई पनि थपेको छ । ३८ वर्षे मलानले २ वर्षयता इंग्ल्यान्डबाट खेलेका छैनन् ।
एनपीएलमा इंग्ल्यान्ड र अमेरिकाका समान ६-६, अस्ट्रेलिया र दक्षिण अफ्रिकाका ५-५, नामिबियाका ४, न्युजिल्यान्डका ३, भारत, अफगानिस्तान र स्कटल्यान्डका २-२ खेलाडीले खेल्दै छन् । इटाली र युगान्डाका खेलाडीले पनि पहिलो पटक एनपीएल खेल्न लागेका छन् ।