नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : सीआइबीद्वारा तत्कालीन सचिव ‍कार्की पक्राउ

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : सीआइबीद्वारा तत्कालीन सचिव ‍कार्की पक्राउ

काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यति होल्डिङ्सअन्तर्गतको थामसेर्कु ट्रेकिङ प्रालिलाई ३० वर्षका लागि लिजमा दिँदा अनियमितता गरेको आरोपमा पूर्वसचिव अर्जुनकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआइबीले कार्कीलाई पक्राउ गरेको हो । यसअघि लिज सम्झौतामा हस्ताक्षर गर्ने ट्रस्टका तत्कालीन सचिव लेखबहादुर कार्की परिसकेका छन् । सीआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार कार्कीलाई ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.