
काठमाडौं । नेपाली प्रो टेनिस खेलाडी अभिषेक बास्तोलाले बेंगलुरू यूटीआर प्रो टेनिस टूरअन्तर्गत शुक्रबार भारतका नीरज यशपाललाई ६-३, ६-२ ले हराएका छन् ।
बेंगलुरूस्थित रोहन बोपन्ना टेनिस एकेडेमीमा सेमिफाइनल प्लेअफमा अभिषेकले १ घन्टा ४३ मिनेट प्रतिस्पर्धा गर्दै खेल जितेका थिए । तेस्रो स्थानको प्लेअफ फाइनलमा पुगेका अभिषेकले शनिबार भारतकै लोहित बद्रानाथसँग प्रतिस्पर्धा गर्नेछन् । अमेरिकी खेलाडी बीएस चावलाविरूद्ध सोझो सेटमा सफलता पाएका अभिषेकले त्यसपछि लगातार तीन खेलमा पराजय भोगेका थिए ।
यस सिजनको अभिषेकको पहिलो यूटीआर प्रो टेनिस टूर सहभागिता हो । कुल २० हजार अमेरिकी डलर पुरस्कार राशी रहेको यो प्रतियोगिता विश्वका उत्कृष्ट तीन हजार खेलाडीमध्येबाट आमन्त्रण गरिएको खेलाडीको मात्र सहभागिता छ ।