गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनाको विषय मुख्य एजेन्डा

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता, रोजगारी सृजनाको विषय मुख्य एजेन्डा

काठमाडौं । जेन-जी आन्दोलनलगत्तै गठन गरिएको गतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । 

आयोगका सचिव माहादेव पन्थले सोमबार सो पार्टी (दल) दर्ताको प्रमाण पत्र अध्यक्ष डा. दिनेश प्रसार्ईंलाई प्रदान गर्नुभएको हो । उक्त दलमा बुद्ध एयरका मालिकसमेत रहनुभएका व्यवसायी वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू आबद्ध छन । नागरिकहरू मिलेर देश बनाउने उद्देश्यका साथ सो दल दर्ता गरिएको सो पार्टीका अध्यक्ष प्रसार्ईंले बताउनु भयो । 

उहाँले आफ्नो पार्टीले मुलुकमा रोजगारी सृजनाको विषयलाई मुख्य एजेन्डा बनाएको पनि स्पष्ट पार्नुभयो । सो पार्टीको दल दर्ताको प्रमाणपत्र लिन व्यवसायी बस्नेतसहितको नेताहरू पुगेका थिए । पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यमार्फत मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न आफूहरू लागि पर्ने उहाँले बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.