विदेशमा रहेका नेपालीलाई मताधिकारको कानुन ल्याउन आयोगलाई पूर्व आयुक्तहरूकाे सुझाव

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विदेशमा रहेका नेपालीलाई मताधिकारको कानुन ल्याउन आयोगलाई पूर्व आयुक्तहरूकाे सुझाव

काठमाडौं । फागुन २१ गते हुने चुनावमा विद्युतीय मतदान प्रणाली अपनाउन र विदेशमा रहेका नेपालीलाई मताधिकारको कानुन ल्याउन पूर्वनिर्वाचन आयुक्तहरूले सुझाव दिएका छन् ।

आयोगले साेमबार गरेको छलफलमा पूर्वपदाधिकारीहरूले सरकारले भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने सुझाव पनि दिए । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले लिनुपर्ने रणनीति र सावधानीका उपायहरूलगायतका विषयमा आयोगले पूर्वप्रमुख आयुक्त र आयुक्तहरूसँग छलफल गरेको हो ।

छलफलमा आयोगका पदाधिकारीसहित पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरूङलगायत उपस्थित हुनुहुन्छ । आयोगले फागुन २१ को निर्वाचनका लागि कार्तिक ३० गतेसम्म नयाँ दल दर्ताको समय तोकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.