सुदूरपश्चिम रोयल्सकाे एनपीएल ट्रफी टूर भव्य रूपमा सम्पन्न

कार्तिक २३, २०८२ |टेकराज जोशी
सुदूरपश्चिम रोयल्सकाे एनपीएल ट्रफी टूर भव्य रूपमा सम्पन्न

धनगढी । सुदूरपश्चिम रोयल्सले कैलाली र कञ्चनपुर जिल्लामा एनपीएल ट्रफी टूर भव्यताका साथ सम्पन्न गरेको छ।

ट्रफी टूरको यात्रा कैलालीको टीकापुरबाट सुरू भइ राजमार्गका प्रमुख बजारहरू हुँदै कञ्चनपुरको महेन्द्रनगरपछि प्रदेशकाे राजधानी धनगढीमा सम्पन्न भएको हो। धनगढीमा आयोजित अन्तिम कार्यक्रमका क्रममा ठूलो संख्यामा क्रिकेट प्रेमीहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो।

कार्यक्रममा स्थानीय युवाहरूले छेलिया नृत्य र विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्दै बजार परिक्रमा गरेका थिए । जसले सम्पूर्ण माहोललाई झनै उल्लासमय र रंगीन बनाएको थियो। आयोजक टोलीका अनुसार यो ट्रफी टूरले सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण, ऊर्जा र समर्थन झनै बढाएको छ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।