अष्ट्रेलियन महिलाको शीर्ष डिभिजनको फुटबल 'ए' लिगमा सावित्राको डेब्यु

साबित्राको क्लब वेलिङ्टन फिनिक्स र क्यानबेरा युनाइटेडबीचको खेल बराबरीमा
कार्तिक २२, २०८२ |खेल ब्युरो
अष्ट्रेलियन महिलाको शीर्ष डिभिजनको फुटबल 'ए' लिगमा सावित्राको डेब्यु

काठमाडौं । अष्ट्रेलियन महिलाको शीर्ष डिभिजनको फुटबल 'ए' लिगमा नेपाली फरवार्ड सावित्रा भण्डारीले डेब्यु गरेकी छन्। 

घरेलु मैदानमा भएको खेलमा उनले न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट डेब्यु गरेकी हुन्। यो खेल एक-एक गोलको बारबरीमा सकियो । स्काइ स्टेडियममा शनिबार बिहान भएको खेलको १३औं मिनेटमा सावित्राले डिफेन्डरलाई छक्काएर अघि बढाएको बलमा गरेको प्रहार दोस्रो बारको नजिकैबाट बाहिरिएको थियो।

१८औं मिनेटमा क्यानबेरा युनाइटेडले अग्रता बनाएको थियो । उसका लागि जोसेफिन ओलिसिनोले गोल गरेकी हुन् । ४०औं मिनेटमा वेलिङ्टनका लागि भान डेर मिरले गोल पर्काइन्। उनको प्रहारमा पोस्ट भित्रबाट डिफेन्डरले बल क्लियर गरेपछि रेफ्रिले गोल दिएका थिए ।

दोस्रो हाफमा दुबै टिमबाट थप गोल हुन नसक्दा १-१ अंकमा चित्त बुझाए । यससँगै 'ए' लिगमा १ खेलमा १ अंक जोडेको वेलिङ्टन लिगको छौटौं स्थानमा छ । दुई खेलमा १ अंकसहित फिनिक्स सातौं स्थानमा छ ।