
उदयपुर । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका उदयपुरका २१ जना उम्मेदवारको जमानत जफत भएको छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उदयपुरको दुई निर्वाचन क्षेत्रमा ३१ जना उम्मेदवार रहेकोमा दुई स्वतन्त्रसहित २१ जनाले कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।
एक स्वतन्त्रसहित कुल १८ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर-१ मा १३ जना र एक स्वतन्त्रसहित कुल १३ जनाले उम्मेदवारी दर्ता गराएको उदयपुर-२ मा ८ जना जमानत जफतमा परेका छन् । दुवै निर्वाचन क्षेत्र रास्वपाले जितेको उदयपुरमा १ नम्बर क्षेत्रमा पारशमणि गेलाल र २ मा सूर्य तामाङ विजयी हु्नु्भएको छ ।