.png&w=1000&height=550)
काठमाडौं । काभा अन्डर-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
श्रीलंकाको कोलम्बोमा आज सम्पन्न लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५-७ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट २५-१० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको हो । यस जितसँगै नेपालले तीन खेलबाट ७ अंक जोडेको छ । बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो भने आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ५ सेटमा पराजित भएको थियो ।
४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। फाइनल र तेस्रो स्थानका लागि कात्तिक २३ गते प्रतिस्पर्धा हुनेछ।