महिला क्रिकेट विश्वकपको फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियाे २९९ रनकाे लक्ष्य

कार्तिक १६, २०८२ |खेल ब्युरो
महिला क्रिकेट विश्वकपको फाइनल : भारतले दक्षिण अफ्रिकालाई दियाे २९९ रनकाे लक्ष्य

काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकपको फाइनल खेलमा अहिले भारत र दक्षिण अफ्रिकाबीचको खेल जारी छ। 

मुम्बई, नेभीको डी-वाई पाटिल रंगाशलामा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारले २ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतले ५० ओभरमा सात विकेट गुमाइ २ सय ९८ रन बनाएको हो। फाइनल सवा तीन बजे सुरू हुने तालिका रहे पनि वर्षाका कारण खेल डेढ घण्टाभन्दा ढिलो गरी सुरू भएको हो। 

खेलमा सानदार सुरूआत गरेको भारका ओपनर स्मृति मन्दना र शिफली बर्माले एक सय ४ रनको शतकीय साझेदारी गरे। कोल ट्रायनले ४५ रन बनाएकी स्मृतिलाई क्याचआउट गराइन्। भारतले २७ ओभर पाँच बलमा एक सय ६६ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमायो। 

अया-बोन्गा खाकाले शिफालीलाई ८७ रन बनाएको अवस्थामा आउट गरिन्। उनले ७८ बलमा सात चौका र दुई छक्का प्रहार गरेर ८७ रन बनाएकी हुन्। २४ रन बनाएकी जेमिनाह रोडि्रग्वेज तेस्रो विकेटका रूपमा बाहिरिइन्। उनलाई पनि खाकाले बाहिर पठाइन्। दिप्ति शर्माले ५८ र रिचा घोषले ३४ रनको योगदान गरे। खाकाले प्राटियाजको लागि दुई विकेट लिइन्। मलावाले पनि उत्कृष्ट बलिङ गरिन्।

सेमिफाइनलमा भारतले अष्ट्रेलिया र दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई हराएको हो। १३औं संस्करणमा आउँदा अष्ट्रेलिया वा इंग्ल्यान्ड विना विश्वकप फाइनल खेलिँदै छ। भारत र दक्षिण अफ्रिका जसले जिते पनि महिला क्रिकेटले आइतबार नयाँ विश्वविजेता पाउने छ। दक्षिण अफ्रिका पहिलो पटक र भारत तेस्रो पटक विश्वकप फाइनलमा पुगेको हो।