
काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ।
नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले ३५ खेलाडीलाई बोलाएको एन्फाले जानकारी दिएको हो। नेपालले यही नोभेम्बर १८ मा मलेसियासँग दोस्रो लेगको फुटबल खेल्ने तालिका रहेको छ। त्यसका लागि सिनियर खेलाडीहरू रोहित चन्द, किरण कुमार लिम्बु र अनन्त तामाङ, अन्जन विष्ट समावेश छन्।
नेपाली टिमबाट लगातार खेलिरहेका मणिकुमार लामा, कृतिश रत्न छुन्जु, लाकेन लिम्बू, मनिष डाँगी, सुवास बम, रोहन कार्की, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, सुमिन गुरूङ, आयुष घलान, एरिक विष्ट, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की पनि टिममा समावेश भएका छन्। आर्मीका जर्ज प्रिन्स कार्की, विमल पाण्डे र नवयुग श्रेष्ठले टिममा कमब्याकको अवसर पाउने भएका छन्।
त्यसैगरी टिममा परेका दीप कार्की, विसाल सुनार, टिकेन्द्र थापा, अभिषेक लिम्बू, योगेश गुरूङ, दिवाकर चौधरी, सृजन राज गौतम, सन्जिव लामा, शंकर थारू, दिपेश धिमाल, सन्तोष खत्री, दिपेश गुरूङ, समिर तामाङ र आदित्य शाक्यले बन्द प्रशिक्षमा आफ्नो क्षमता देखाउने अवसर पाएका छन्।
निवर्तमान मूख्य प्रशिक्षक म्याट रसले नियुक्तिको ७ महिनामै राजीनामा दिएपछि एन्फाले अन्तरिम प्रशिक्षकका रूपमा हरि खड्कालाई नियुक्त गरेको हो। उनकै नेतृत्वमा नेपालले बंगलादेशससँग मैत्रीपूर्ण खेल खेल्नेछ। सिनियर टिमका केही खेलाडी अहिले बंगलादेशमा त्यहाँको लिग खेलिरहेका छन्।
एन्फाले बालगोपाल साहुखल र चेतन कुमार घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।