
काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा आइतबार दुई खेल हुँदैछन् ।
राति सवा ४ बजे एतिहाद स्टेडियममा सुरू हुने खेलमा म्यान्चेस्टर सीटीले बर्नमथलाई स्वागत गर्दैछ । प्रिमियर लिगमा देखिँदै आएको बिग सिक्सको बर्चस्वलाई चुनौती दिँदै दोस्रो स्थानमा रहेको बोर्नमाउथले यस सिजन सानदार प्रदर्शन गरिरहेको छ । गत हप्ता बर्नमथले नटिङहम फरेस्टलाई २-० ले हराउँदै उत्कृष्ट लय कायम राखेको थियो भने सिटी एस्टन भिलासँग १-० ले पराजित भएको थियो ।
सो खेलमा म्यानचेस्टर सिटीको आक्रमण कमजोर देखिएको थियो । यो सिजन हल्यान्डले टोलीका ६५ प्रतिशत गोल गरेका छन् । जसले उनीमाथि टिमको अत्यधिक निर्भरता प्रस्ट पारेको छ । चोटको जोखिमकाबीच पनि उनी र मिडफिल्डर रोड्रीले यो खेल खेल्ने सम्भावना छ।
पेप्प गार्डियोलाको टोलीले पछिल्ला चार घरेलु खेलमा जित दर्ता गरेको छ । जसमा १२ गोल गरेको र केबल एक गोल बेहोरेको छ । आन्दोनी इराओलाको नेतृत्वमा बर्नमथले यस सिजन ९ खेलबाट १८ अंक जोड्दै क्लब इतिहासकै उत्कृष्ट सुरुवात गरेको छ । नटिङहम फरेस्टमाथिको जित क्लबको १००औं प्रिमियर लिग जित पनि थियो ।
युवा स्ट्राइकर एली जुनियर क्रुपी निरन्तर तीन खेलमा गोल गर्दै र्फममा छन् र एतिहादमा पनि मुख्य भूमिकामा रहनेछन् । बर्नमथ ८ खेलदेखि अपराजित छ । जुन उसका लागि प्रिमियर लिगमा सबैभन्दा लामो विजयी यात्रा हो । तर, एतिहाद भने सिटीविरुद्ध सबै आठ अवे खेलमा पराजित भएको छ । सीटी ९ खेलमा १६ अंक सहित ८ औं स्थानमा छ । प्रिमियर लिगमै पौने ८ बजे वेस्टह्याम र न्यूक्यासल प्रतिस्पर्धा गर्ने छन् ।