जेन-जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढौँ : स्वर्णिम वाग्ले

कार्तिक १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले जेन-जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रबार पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जेन-जी आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाई संस्थागठत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो । उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भयो । 

विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरूलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उहाँको भनाइ थियो । उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.