
काठमाडौं । नेकपा एकीकृत समाजवादीका डेढ दर्जनभन्दा धेरै नेताहरू पार्टी एकताको विपक्षमा उभिएका छन् ।
केन्द्रीय कमिटीमा ८८ जना मनोनित गरेर एकताका लागि बहुमत पुर्याएको आरोप पनि असन्तुष्ट पक्षको छ । केन्द्रीय कमिटीमा अध्यक्ष माधवकुमार नेपालसहित बहुमत सदस्यहरू माओवादी केन्द्रसँगको एकताका पक्षमा उभिँदा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरू विपक्षमा देखिएका हुन् ।
उनीहरूले एमाले र अन्य वामघटकसँग पनि सहकार्यको पहल हुनुपर्ने भन्दै माओवादीसँग एकताका लागि हतार गर्न नहुने अडान राखेका हुन् । यसैबीच नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भने विभाजित भएको छ । चन्द नेतृत्वले निर्वाचन आयोगमा दल दर्ता गरे लगत्तै चिरन पुन पक्षले छुट्टै भेला डाकेर माओवादी केन्द्रसँगको एकतामा जाने निर्णय गरेको हो ।