
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उहाँले यस्तो धारणा राख्नुभएको हो । भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरूङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरूले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्ने बताउनु भयो ।
वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरू हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरूले अघि बढ्दा नै उपयुक्त हुने समेत बताउनु भयो ।
भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरूलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पार्नुभयो ।