काभा नेसन्स कप : लिग चरणको अन्तिम खेलमा नेपाल श्रीलंकासँग पराजित

कार्तिक १०, २०८२ |खेल ब्युरो
काभा नेसन्स कप : लिग चरणको अन्तिम खेलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । बंगलादेशमा जारी काभा नेसन्स कपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। 

मिरपुरमा भइरहेको प्रतियोगितामा नेपाल साेमबार सोझो सेटमा पराजित भएको हो। खेलको पहिलो सेटमा श्रीलंकाले सुरूआतबाटै अग्रता बनाएको थियो। १२-७ को अग्रता बनाएको श्रीलंकाविरूद्ध नेपालले कमब्याकको प्रयास गरेको भए पनि सफल हुन सकेन्। यससँगै श्रीलंका २५-१८ ले विजयी भएको थियो।

दोस्रो सेट भने प्रतिस्पर्धात्मक रूपमा अघि बढेको थियो। एक समयमा ९-९ को बराबरी गरेको नेपाल त्यसपछि लगातार पछि परेको थियो। खेलमा १६-१० को अग्रता बनाएको श्रीलंकाले २५-१७ को जित निकालेको हो। खेलको तेस्रो सेटमा ८-८ सम्म बराबरी गरे पनि नेपाली टोलीमा खेलाडीबीच तालमेल मिल्न सकेन्। एक समय १८-१३ को अग्रता बनाएको श्रीलंकाले २०-१८ को जित निश्चित गरेको हो।

नेपाल पहिलो खेलमा तुर्किमेनिस्तानसँग दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो। तेस्रो खेलमा माल्दिभ्सलाई हराएको भए पनि अफगानिस्तान र श्रीलंकासँग पराजित भएर बाहिरिएको हो। भाेलि वरियताका लागि नेपालले माल्दिभ्ससँग खेल्ने छ ।