लापरबाहीले सुत्केरीको मृत्यु भएकाे आराेपमा किस्ट मेडिकल कलेजमा तोडफोड

कार्तिक १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
लापरबाहीले सुत्केरीको मृत्यु भएकाे आराेपमा किस्ट मेडिकल कलेजमा तोडफोड

काठमाडौं । अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोपमा ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तोडफोड भएको छ ।

तीन दिनअघि सुत्केरी महिलाको मृत्यु भएको घटनापछि परिवार र आफन्तले अस्पतालले लापरबाही गरेको भन्दै ढुंगामुढा र तोडफोड गरेका हुन्। प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो । स्थिति सामान्य बनाउन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

२५ वर्षीया मिनाश्री राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले आज पनि प्रदर्शन गरेपछि अस्पतालमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.