
काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलको अंकतालिकाको १०औं स्थानभन्दा तल रहेर संघर्षरत दुई टोली लिड्स युनाइटेड र वेस्ट ह्याम युनाइटेड शुक्रबार राति आमनेसामने हुने भएका छन्।
एलेन्ड रोडमा राति पौने १ बजे हुने खेलबाट यी दुवै टोली खराब लयबाट अघि बढ्ने योजनामा हुनेछन्। यस सिजन लिड्स आठ खेलबाट आठ अंक जोड्दै १६औ स्थानमा छन्। वेस्ट ह्यामले आठ खेलमा चार अंक मात्र जोड्दै १९औं स्थानमा सीमित छ।
यही सिजनबाट प्रिमियर लिगमा फर्किएको लिड्सले हालसम्म दुई जित, दुई बराबरी र चार हारको सामना गरेको छ। टोलीले आठ खेलमा सात गोल मात्रै गरेको कारण उसको आक्रमणमा समस्या देखाएको छ। यति मात्रै होइन उसको डिफेन्समा दबाब सिर्जना भएको छ।
प्रशिक्षक डेनियल फार्कको टोलीले पछिल्ला तीन खेलबाट केवल एक अंक मात्र जोड्न सकेको छ। अघिल्लो खेलदमा बर्नलीविरूद्धको २-० को हारपछि टोली थप दबाबमा छ। लिड्सको पछिल्लो जित सेप्टेम्बर २० मा वुल्भ्सविरुद्ध थियो। उसले यो सिजनघरेलु मैदानमा एभर्टनविरूद्ध मात्रै हाासिल गरेको छ।
इतिहासमा लिड्सले वेस्ट हृयामसँगका एक सय ११ खेलमध्ये ४९ जित हासिल गरेको छ भने ३२ खेलमा मा हार बेहोरेको छ। सन् २०२३ मेमा भएको पछिल्लो भेटमा वेस्ट ह्यामले लिड्सलाई ३-१ ले हराएको थियो। प्रशिक्षक नुनो सान्तोको टोलीलेसमेत ब्रेन्टफोर्डसँग २-० को हार बेहोरेपछि सिजनको पहिलो चारवटा घरेलु खेलमा पराजित भएको लज्जास्पद रेकर्ड बनाएको छ।
यसैकारण समर्थकले क्लब व्यवस्थापनविरूद्ध विरोध प्रदर्शन गरेका छन्। वेस्ट ह्यामले यस सिजनको एक मात्र जित अगस्टमा नटिङ्घम फरेस्टविरूद्ध निकालेको हो। यसपटक पनि पराजय भएमा उनीहरूको संकट अझ गहिरिन सक्नेछ।
नोभेम्बर पहिलो हप्ता न्यूक्यासल युनाइटेडको घरेलु खेलअघि क्लबभित्र असन्तुष्टि बढ्ने संकेत ब्यापक रूपमा देखिएको छ। आजको खेलमा लिड्सका लागि नोआ ओकाफोर र लुकास पेरी र्फकने अपेक्षा छ। ड्यान जेम्स पुनः टोलीमा र्फकने तयारीमा छन्। वेस्ट हृयामका निकोलसस फुलक्रुग र कन्स्टान्टिनोस माभ्रोपानोस भने चोटका कारण टोलीबाहिर रहनेछन्।