काठमाडौं । नेपालले काभा पुरुष नेसन्स कपमा लगातार दोस्रो हार ब्यहोरेको छ । ढाकाको मिरपुरमा भइरहेको प्रतियोगितामा नेपाल आज बंगलादेशसँग ३-२ सेटमा पराजित भएको हो । बंगलादेशसँगको प्रतिस्पर्धात्मक खेलको निर्णायक मोडमा डिफेन्समा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो ।
खेलको पहिलो सेटमा ६-६ को बराबरीको अवस्थाबाट निरन्तरपछि परेको भए २३-२३ मा पुनरागमन गर्ने प्रयास गरेको थियो। तर डिफेन्समा दुई अंक गुमाएर २५-३२ ले पराजित भयो । दोस्रो सेटमा भने नेपालले निकै सम्हालिएर प्रदर्शन गर्दै १०-७ को अग्रता बनाएको थियो । तर १६-१६ मा बराबरी गर्दै बंगलादेशले २५-२० को उत्कृष्ट पुनरागमन गरेपछि नेपाली टोली निराश बनेको थियो । २-० ले पछि परेपछि दबाबमा आएको नेपाली टोलीले तेस्रो सेटमा लगातार अग्रता बनाएको थियो । सुरुआतबाट पछ्याएको बंगलादेशले १९-१९ मा बराबरी गरेको थियो । अन्तिममा नेपालले २५-२३ को जित निकाल्यो।
बंगलादेशमा जारी प्रतियोगितामा नेपालले जितेको यो नै पहिलो सेट हो । एक सेट जितेपछि सुधारिएको प्रदर्शन गर्दै नेपालले तेस्रो सेटमा भने २५-१६ को फराकिलो जित निकालेको थियो। यो सेटमा नेपालले अट्याकमा उल्लेख्य सुधार गरेको थियो । २-२ को बराबरीसँगै रोमाञ्चक अवस्थामा पुगेको खेलमा दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे। पाँचौं सेट दुवै टिमका लागि टफ भए पनि नेपालले अन्तिममा १४-१३ को अग्रता बनाएको थियो । यो अग्रता जोगाउन नसक्दा नेपाल १४-१६ ले पराजित भएको हो। लगातार दोस्रो जितसँगै बंलादेशको ५अंक भएको छ भने नेपालले पनि एक अंक जोडेको छ।
बुधबारको खेलमा नेपाल तुर्किमेनिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।