काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली याक्सले टिम जर्सी सार्वजनिक गरेको छ ।
याक स्क्वाडको यो पोसाक निर्माण मेहनत, निष्ठा, जोश र क्रिकेट आत्माका प्रतीकको रूपमा प्रस्तुत गरिएको क्लबले जनाएको छ। जर्सीका हरेक धागोले संघर्ष र समर्पणको कथा बोल्ने र त्यहाँको निलो र पहेँलो रङले कर्णालीलाई झल्काउने क्लबले जनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट कात्तिक १७ गते गर्ने जानकारी दिएको छ । पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा र राजु बस्नेतलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ।