घोराही रनिङ शिल्ड-२०८२ आजदेखि सुरू

मंसिर २४, २०८२ |अमर क्षितिज भण्डारी
घोराही रनिङ शिल्ड-२०८२ आजदेखि सुरू

दाङ । विद्यार्थीमा खेल सीपको विकास गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले चौथो प्याब्सन घोराही रनिङ शिल्ड-२०८२ बुधबारदेखि घोराहीमा सुरू भएको छ । 

५८ विद्यालयका पाँच हजार विद्यार्थीहरूको सहभागिता रहने रनिङ शिल्डमा-२०८२ मा भलिबल, कबड्डी, एक सय मिटरदेखि १५ सय मिटरसम्मको दौड लगायतका ३८ इभेन्टमा खेलहरू हुनेछन् । घोराहीस्थित नवलपुर खेल मैदानमा बुधबारदेखि सुरू रनिङ शिल्ड-२०८२ मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

निजी विद्यालयहरूको छाता संगठन प्याब्सनअन्तर्गतको घोराही नगर प्याब्सनले देशभरमै पहिलो पटक चारवर्ष अघिदेखि यसै प्रकारको घोराही रनिङ शिल्ड-२०८२ आयाेजना गर्दै आएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।