साफ क्लब च्याम्पियनसिप : एपीएफले भाेलि भुटानको ट्रान्सपोर्ट युनाइटेडको सामना गर्ने

मंसिर २४, २०८२ |खेल ब्युरो
साफ क्लब च्याम्पियनसिप : एपीएफले भाेलि भुटानको ट्रान्सपोर्ट युनाइटेडको सामना गर्ने

काठमाडौं । साफ क्लब च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाली क्लब एपीएफले बिहिबार ६ बजे भुटानको ट्रान्सपोर्ट युनाइटेडको सामना गर्नेछ। 

यो खेल जित्दै नेपाली टिम फाइनल नजिक पुग्न चाहन्छ। यता, ट्रान्सपोर्टका लागि यो खेल गर वा मरको स्थितिमा रहेको छ। किनभने उसले दुई खेलसम्म पनि गोल गर्न सकेको छैन। दुई खेलमा उसले एक बराबरी र एक हारको सामना गरेको छ। भारतीय टिमसाग ४-० ले पराजित भए पनि भुटानी टिमका प्रशिक्षकले बाँकी दुई खेल जितेर फाइनल नै पुग्ने दाबी गरेका छन्। तर उसको कमजोर फिनिसिङ क्षमताले गोलस्कोरिङमा बलियो देखिँदैन।

यता नेपाली टिममा रश्मी घिसिङ, मिना देउवा, अनिता केसी, सरू लिम्बुजस्तो उत्कृष्ट फरवार्ड र मिडफिल्डर छन्। विपक्षीको डिफेन्सबाट बल खोसेर आफ्नो पक्षमा ल्याउने क्षमता भएकी रेनुका नगरकोटी र विङमा उत्कृष्ट अनिता बस्नेतको उपस्थितिले एपिएफ उपाधिकै दावेदार देखिएको छ। 

त्यसैले भोलिको खेलमा एपीएफ विजयको हकदार टोली हुनेछ। यस्तोमा एपीएफले भुटानको बल पोसेसनलाई भने ओभरकम गर्न सक्नु पर्नेछ। भुटानी टिममा लामो समयदेखि खेलिरहेका र बल पोसेसनमा राम्रो कौसल भएका खेलाडी छन्। यसले एपिएफलाई निरास बनाउन सक्नेछ। तर यदी भोलिको खेलमा विजयी भने एपीएफले एक खेल अगावै फाइनल यात्रा तय गर्न सक्नेछ। 

यसअघिको एक एक खेलमा एपीएफ र भारतको इस्ट बंगालले मात्रै स्पष्ट तीन तीन अंक जोड्न सकेको छ। बिहिबार २ बजे हुने खेलमा इस्ट बंगालले कराँची सिटीको सामना गर्नेछ। यदि इस्ट बंगाल र एपीएफ दुवै टिम विजेता बन्ने हो भने यी दुई टिम फाइनल पुग्ने लगभग पक्का हुनेछ। त्यसैले एपीएफ लगातार दोस्रो खेलमा जित निकालेर उपाधि भिडन्तको नजिक पुग्न चाहन्छ।