
धनकुटा । एकलाख रुपैयाँ पुरस्कार राशीको खाल्साथुम कप पुरुष भलिबल प्रतियोगिता बुधबार शहिदभूमि गाउँपालिकाको ढोलमुखामा सुरु भएको छ । किरात राई समुदायको मारुनी नाँच र सरस्वती पूजाको अवसरमा खाल्साथुम छिन्ताङ युवा क्लवले भलिबल खेलको आयोजना गरेको हो ।
बुधबार आयोजक खाल्साथुम यूवाक्लव (निलो) शहिदभूमि र महालक्ष्मी नगरपालिकाबीच भएको उद्घाटन खेलमा महालक्ष्मी बिजयी भएको छ । खेलमा आयोजकका दुइटीम, भोजपुरको आमचोक र हतुवागढी, संखुवासभाको सभापोखरी र धनकुटाको महालक्ष्मी गरि ६ वटा टीम सहभागी छन् ।
प्रतियोगिताको बिजेता टीमले १ लाख, १ हजार, १ सय ११ रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपबिजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउँने नरेन्द्र राई कस्चितले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।