एनपीएल दोस्रो सिजन सुरू हुनुअघि जनकपुरमा ट्रफी परेड

कार्तिक १, २०८२ |खेल ब्युरो
एनपीएल दोस्रो सिजन सुरू हुनुअघि जनकपुरमा ट्रफी परेड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन सुरू हुनुअघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।

सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रमअन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो । जेन-जी आन्दोलनपूर्व कोशी प्रदेशबाट सुरू भएको क्यानको ट्रफी परेड कार्यक्रमअन्तर्गत शनिबार मधेसको राजधानी जनकपुरधाम आइपुगेको छ ।

एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चना पश्चात सुरू भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ । मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरूमा पनि पठाइनेछ ।

परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।