खोटाङ । लिकुवापोखरी भलिबल क्लबले नेपालमै पहिलो पटक आयोजना गरेको ८० केजी भन्दामाथि तौल समुहको भलिबल प्रतियोगितामा आयोजक लिकुवापोखरी भलिबल क्लवले उपाधि उचालेको छ। प्रतियोगितामा रामप्रसाद राई गाउँपालिका भोजपुर दोस्रो भएको छ।
असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा ८० केजी भन्दामाथि तौल समुहका ११ टिम सहभागी थिए।
यस्तै, खुल्ला वडास्तरीय पुरूष भलिबल प्रतियोगिता अन्तर्गत हतुवागढी गाउँपालिका वडा नम्बर–९ हसनपुर भोजपुर पहिलो भएको छ भने आमचोक गाउँपालिका वडा नम्बर–२ यूँ भोजपुरले दोस्रो स्थान हात पारेको छ। खुल्ला वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा २६ टिम सहभागी भएका थिए।
खुला वडास्तरीय महिला भलिवल प्रतियोगितातर्फ रामप्रसाद राई गाउँपालिका वडा नम्बर– ८ भोजपुर प्रथम भएको छ भने रामप्रसाद राई गाउँपालिकाकै वडा नम्बर –६ बैकुण्ठे भोजपुर दोस्रो भएको छ। खुला वडास्तरीय महिला भलिवल प्रतियोगिताका ११ टिम सहभागी भएका थिए।
प्रतियोगिताका बिजेता प्रथम लाई ५० हजार, दोस्रोलाई ३० हजारका साथ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिएको लिकुवापोखरी भलिबल क्लबका अध्यक्ष दिनेश राईले जानकारी दिनभयो। भलिबल विकासको निम्ति सानो टेवा भन्ने मूल नाराका साथ क्लबले प्रतियोगिता आयोजना गरेको थियो।