काठमाडौं । नेपाल फुटबल खेलाडी संघले सहिद स्मारक 'ए' डिभिजन लिग रोकिए त्यसको जिम्मेवारी एन्फाले लिनुपर्ने बताएको छ।
संघले मगलबार एक विज्ञप्ति जारी गर्दै यदि प्रतियोगिता रोकिए त्यसको जिम्मेवारी एन्फाले लिनुपर्ने बताएको हो। 'ए' डिभिजन लिगकै विषयमा मंगलबार साढे तीन बजे एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दैछ। त्यसअघि नै खेलाडी सघंले आफूले समय समयमा एन्फालाई ज्ञापन पत्र बुझाएर लिग सञ्चालन गर्न आग्रह गरेको बताएको छ। तर आफ्नो आग्रह एन्फाले पालन नगरेको कारण अहिले नेपाली फुटबलसमर्थकमा एन्फा नेतृत्वप्रतिको विश्वास घटेको संघले बताएको छ।
‘अहिले नेतृत्व साँच्चै परिस्थितिप्रति गम्भीर हो भने आउने 'ए' डिभिजन लिग कम्तिमा ६ महिना कार्यान्वयन गर्न सक्ने किसिमको योजना लिएर अघि बढ्नु पर्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।