काठमाडौं । कुशल भुर्तेलको अर्धशतक र उत्कृष्ट बलिङ मद्दतमा नेपालले आइसीसी टि ट्वान्टी विश्वकप छनौटमा विजयी सुरुवात गरेको छ । समुहको आफ्नो पहिलो खेलमा नेपालले कुबेतलाइ ५८ रनले पराजित गरेको हो ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा कुबेतले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रनको योगफल बनाएको थियो । ब्याटिङमा नेपालले संघर्ष गर्यो । ओपनर आसिफ शेख दुई रनमानै आउट भए । कप्तान रोहित पौडेल १६ , कुशल मल्ल ४ तथा संदिप जोरा ५ रनमा मैदान बाहिरिएपछि नेपाल दवावमा आएको थियो । दिपेन्द्र सिंह ऐरी २० रनमा रन आउट भए । १९ औं ओभर गेम चेन्जीङ मोमेन्ट बन्यो ।
यो ओभरमा नेपालले २७ रन जोड्यो । नभिनराज राजेन्द्रेनलाइ भुर्तेलले सुरुवाती दुइ बलमा चौका प्रहार गरे । त्यसपछि गुल्सनल झाले लगातार तीन छक्का प्रहार गरेपछि नेपालको स्कोरमा सुधार आएको थियो । गुल्सनले २० रन बनाए । भुर्तेलले ५६ बलमा ६६ रनको महत्वपुर्ण इनिङस खेले । नभिनराज र अनुदिप चेन्थामाराले दुइ दुइ विकेट लिए ।
जवाफमा नेपालले शानदार बलिङ गरेपछि कुबेत १८ ओभर एक बलमा ८३ रनमा अल आउट भयो । पहिलो ओभरमानै सोमपाल कामीले राजीभा सान्दारुवानलाइ शुन्यमा आउट गर्दै नेपाललाइ पहिलो सफलता दिलाए । मित भावसार ११ रनमा ललित राजबंशीको बलमा आउट भए । नन्दन यादवले उस्मान पटेललाइ खाता खोल्न दिएनन् ।
२६ रन बनाउदै इनिङस सम्हाल्ने प्रयास गरेका क्लिन्टो एन्टो दिपेन्द्रको उत्कृष्ट फिल्डिङमा रन आउट भए । कप्तान मोहम्मद अस्लाम ७ रनमा रोहित पौडेलको बलमा पभेलिन फर्किए । १५ औं ओभरमा संदिप लामिछानेले मेडन सहित दुइ विकेट लिएपछि नेपाल खेलमा पुर्ण रुपमा आफ्नो नियन्त्रण राख्न सफल भयो । कुबेतका ८ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
संदिप , ललित र रोहितले दुइ दुइ तथा सोमपाल, नन्नदन यादब र भुर्तेलले एक एक विकेट लिए । सभमुह बीमा रहेको नेपाल दुइ अंक सहित शीर्ष स्थानमा छ । नेपालले भोली जापान संग प्रतिस्पर्धा गर्नेछ ।