शिकागो फायर मेजर लिग सकर एमएलएसको प्लेअफमा

रोमाञ्चक खेलमा इन्टर मायामी ५-३ गोलअन्तरले पराजित
आश्विन १५, २०८२ |खेल ब्युरो
शिकागो फायर मेजर लिग सकर एमएलएसको प्लेअफमा
Photo Source : Agency

काठमाडाैं । रोमाञ्चक खेलमा इन्टर मायामीलाई पराजित गर्दै शिकागो फायरले मेजर लिग सकर एमएलएसको प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

चेस स्डेडियममा शिकागोले घरेलु टोली इन्टर मायामीलाई ५-३ गोलअन्तरले पराजित गरेको हो । मायामीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । शिकागोका लागि डजे डी आभिल्ला, जोनाथन डिन, रोमनिङ्गे क्वामे, जस्टिन प्लेजर रेनल्ड्स र ब्रायन गुटिरेजले गोल गरे । 

खेलको ११औं मिनेटमा डी आभिल्लाको गोलमार्फत् शिकागोले सुरूवाती अग्रता बनाएको थियो । ३१औं मिनेटमा डिनले गोल गरेपछि भ्रमण टोलीले अग्रता दोब्बर पार्‍यो । ३९औं मिनेटमा टोमसले मायामीका लागि पहिलो गोल फर्काए । 

४३औं मिनेटमा क्वामेले गोल गरेपछि शिकागोले पुन: खेलमा प्रभुत्व जमायो । खेलमा ३-१ पछि परेको मायामीका लागि लुइस सुआरेजले दोस्रो हाफमा दुई गोल गर्दै ३-३ बराबरीमा ल्याएका थिए । तर थकानलेग्रस्त घरेलु टोलीले अन्तिम १० मिनेटमा दुई गोल बेहोरेपछि पराजित हुन पुग्यो । 

८०औं मिनेटमा रेनल्ड्स र त्यसको ३ मिनेटपछि गुटिरेजले गोल गरेपछि शिकागोले एमएलएसको प्लेअफमा स्थान सुरक्षित गर्‍यो । यो जितसँगै प्रशिक्षक ग्रेग बरहाल्टरको टिमले २०१७ पछि पहिलोपटक पोस्ट-सिजनको टिकट काटेको छ । मायामीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो ।