साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपको सेमीफाइनलमा नेपाल र भारत भीड्दै

आश्विन ९, २०८२ |खेल ब्युरो
साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपको सेमीफाइनलमा नेपाल र भारत भीड्दै

काठमाडौँ । नेपालले, साफ अन्डर सेभेन्टिन च्याम्पियनसिपको सेमीफाइनलमा आज भारत संग प्रतिस्पर्धा गर्दैछ । भारत ६ पटकको विजेता हो ।

श्रीलंका स्थित रेसकोर्स स्टेडियममा खेल नेपाली समय अनुसार साझ पौने ८ बजे सुरु हुनेछ । नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । आफ्नो पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित गरेको नेपाल समूहको दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपालले गरेका दुबै गोल समिर कुमारले गरेका छन् । नेपाल साफको यस उमेर समूहमा ४ पटक उपविजेता बनेपनी हाल सम्म च्याम्पियन बन्न सकेको छैन ।

सोमबार आफ्नो अन्तिम खेलमा भारतले पाकिस्तानमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै समूह ‘बी’को विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको थियो । यस अघि साविक विजेता भारतले आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि ६–० को जित हासिल गरेको थियो । भने दोस्रो खेलमा भुटानविरुद्ध १–० को कठिन जित हात पारेको थियो । 

अघिल्लो संस्करण नेपाल सेमीफाइनलमा भारत संगनै पराजित हुदै प्रतियोगिता बाट बाहिरिएको थियो । आजै हुने पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता बंगलादेशले समूह ‘बी’को उपविजेता पाकिस्तानसँग खेल्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।