काठमाडौं । नेपाली महिला फुटबल टिमले अर्को महिना भारतको सक्किममा भारतको महिला टिमसँगै मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
मंगलबार अखिल नेपाल फुटबल संघ-एन्फाले नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुने जानकारी दिएको हो। जानकारीअनुसार नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आगामी कार्तिक नौ गते सिक्किम, भारतमा आयोजना हुनेछ।
नेपाल र भारतबीचको यो मैत्रीपूर्ण खेल दुबै देशका लागि महत्त्वपूर्ण मानिएको छ। नेपाल भर्खरै मात्र एसियन कपमा छनोट हुनबाट असफल भएको टोली भने भारतले एसिया कप खेल्ने तय छ।
नेपाली र भारतीय महिला टोलीबीच पहिलो पटक सिक्किममा खेल आयोजना हुन लागेको हो। दक्षिण एसियामा नेपाल र भारत प्रतिद्वन्दी टोलीसमेत हो। लगातार भारतसाग पराजित हुँदै आएको भए पनि नेपालले पछिल्लो समयमा भारतलाई हराउँदै आएको कारण यी दुई टिमबीचको प्रतिद्वन्दीता बढ्दै गएको हो।
महिलाका पछिल्ला दुई साफमा नेपालले भारतलाई हराएको छ। एक खेलमा स्पष्ट जित निकालेको थियो भने एक खेलमा नेपाल पेनाल्टी सुटआउटमा विजयी भएको हो।
सन् २०१२ यता नेपाल र भारत महिलाबीच १३ खेल आयोजना भएकोमा नेपालले एक खेल जितेका छ। चार खेल बाराबरी हुँदा भारतले ८ खेल आफ्नो कब्जामा पारेको छ।
यसअघि सन् २०२३ मा चेन्नइको जवाहरलाल नेहरू रंगशालामा नेपाल र भारतको महिला टिमले मैत्रीपूर्ण खेलेका थिए। ती दुबै खेल बराबरीमा समाप्त भएको कारण भारतविरूद्ध नेपाली टिमको नतिजा सुधार हुँदै गइरहेको देखिन्छ।
नेपालले मंसिरमा इन्डोनेसियामा घरेलु टिम चाइनिज ताइपेई थ्री नेसन्स कप खेल्ने पनि तालिका रहेको छ। एन्फाले क्यानलेन्डरमा हरेक फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेल्ने बताए पनि अक्टोबर विन्डोमा भने एक मात्रै खेल खेल्न लागेको हो।