काठमाडौं । वेस्ट इन्डिजले नेपालविरूद्ध तीन खेलको टि-२० आई सिरिजका लागि स्क्वाड घोषणा गरेको छ ।
जसमा पाँच नयाँ खेलाडी समावेश छन् । वेस्ट इन्डिजले आफ्ना मुख्य खेलाडीलाई आराम दिँदै १५ सदस्यीय टिम सार्वजनिक गरेको हो । क्यारेवियन साइडले कप्तान साइ होप, पेशर अल्जारी जोसेप, ब्यााटर जनसन चाल्र्सलाई समावेश गरेको छैन ।
स्पिनर अकिल हुसेनलाई कप्तानको जिम्मेवारी दिइएको छ । उनलाई फाबियन एलन, जेसन होल्डर र कायल मेयर्सलगायतले साथ दिनेछन । नेपालसँग वेस्ट इन्डिजका पाँच खेलाडीले सिनियर टिमबाट डेब्यु गर्नेछन् ।
ब्याटर अक्किम अगस्टे, अल राउन्डर नभिन बिडाइसी, स्पिनर जिसान मोटारा, पेशर रामोन सिमोन्डस र किपर अमिर जाङगो नयाँ अनुहार हुन् । आइसीसी टि-२० विश्वकप छनौटको तयारीका लागि नेपालले वेस्ट इन्डिजसँग सिरिज खेल्न लागेको हो ।
नेपालले टेस्ट राष्ट्रसँग पहिलो पटक सिरिज खेल्दैछ । सारजाहमा हुने पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ । दोस्रो खेल २९ र तेस्रो टि-२० आई ३० सेप्टेम्बरमा हुनेछ । स्टुअर्ट लले यसअद्धिनै आफ्नो टिम घोषणा गरिसकेका छन् ।
जसमा आदिल अन्सारी र संदीप जोराले पुनरागमन गरेका छन् । नेपाल क्रिेट संघ क्यानले बिहिबार वेस्ट इन्डिजसँग खेल्ने टिमको बिदाइ गर्दैछ ।