काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले बिहिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेलमा बराबरी मात्र गरे पनि नेपालले सेमीफाइनलमा स्थान बनाउनेछ । श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समयअनुसार सांझ सवा ७ बजे सुरू हुनेछ ।
नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ । समुह 'ए'मा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टिमलाई २-० गोलले पराजित गरेको थियो । सो खेलमा दुबै गोल समिर कुमारले गरेका थिए ।
साविक उपविजेता बंगलादेशको भने जारी प्रतियोगितामा यो पहिलो खेल हो । तीन अंकसहित नेपाल तालिकाको शीर्ष स्थानमा छ । श्रीलङका अंक विहिन छ ।