काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
बिहीबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपालका लागि अमेरिकी राजदूतले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतले नेपालको वृहत्तर हितमा आफ्नो देशले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले प्रधानमन्त्री कार्की सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।
जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका राजदुतहरुले भेट गर्ने क्रम जारी छ । यसअघि चिनियाँ राजदुत चेन सङ र बुधबार भारतीय राजदुत नविन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको थियो ।
यसैगरी, बिहीबार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्नुभएको छ । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्ने बताउनु भयो ।