काठमाडौं । एसीसी पुरूष टी-२० एसिया कप २०२५ मा मंगलबार अफगानिस्तानले बंगलादेशको सामना गर्दैछ । समूह 'बी'को यो खेल शेख जायद स्टेडियम अबु धाबीमा खेल नेपाली समय सवा ८ बजे सुरू हुनेछ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा हङकङलाई ९४ रनले पराजित गरेको अफगानिस्तान यो खेल जित्दै सुपर फोरमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ । मंगलबार अफगानिस्तान विजयी भए यस समूहबाट श्रीलंका र अफगानिस्तान एक खेल अगावै सुपर फोरमा प्रवेश गर्नेछन् ।
बंगलादेश आफ्नो पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा हङकङलाई ७ विकेटले पराजित भएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल खेलिरहेको बंगलादेशलाई सुपर फोरमा स्थान बनाउन यो खेल जित्नै पर्ने दबाब छ ।
साथै उसले अन्य खेलको नतिजामा समेत भर पर्नु पर्नेछ । आज पराजित भए बंगलादेश समूह चरणबाटै बाहिरिने छ । यस समूहमा सुरूआती २ खेल जितेको श्रीलंका ४ अंक सहित शीर्ष स्थानमा छ ।
समान २-२ अंक रहेका अफगानिस्तान र बंगलादेश क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । सुरूआती २ खेल गुमाएको हङकङ अंक बिहिन छ । उ प्रतियोगिताबाट बाहिरिसकेको छ ।