संखुवासभा । जेन-जी आन्दोलनमा मृत्यु भएका संखुवासभाको सिलिचोङ गाउँपालिका-३ लकुवाका प्रबिन कुलुङको बुधबार अन्त्येष्टि गरिएको छ ।
गाउँपालिकाको कार्यालय पुर्याई उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो। स्थानीय गाउँपालिकाका प्रमुख भुपालराज मेवाहाङ, अन्य जनप्रति नीधि, कर्मचारी र स्थानीय नागरिकले श्रद्धाञ्जली दिएका हुन् ।
बुधबार हेलिकप्टरबाट कुलुङको शव पालिका पुर्याईएको हो । हेलिकप्टरबाट ताम्कुस्थित मकालु बरूण राष्ट्रिय निकुञ्ज पुर्याईएको थियो । त्यहाँबाट करिब ७ किलोमिटरको दुरीमा रहेको लुकुवा गाउँ पुर्याई उनको अन्त्येष्टि गरिएको हो ।