
काठमाडौं । यूएफा च्याम्यिपन्स लिगको नयाँ सिजन मंगलबारबाट सुरू हुँदैछ ।
पहिलो दिन मंगलबार लिग चरणका ६ खेल हुनेछन् । किर्तिमानी १५ पटकको विजेता रियाल मड्रिडले, मार्शेसँग प्रतिस्पर्धा गर्दैछ । रियालको मैदान सान्टियागो बर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राती पौने एक बजे सुरू हुनेछ ।
फ्रान्सका लागि फिफा विश्वकप च्याम्पियन बनेका फरवार्ड किलियन एम्बाप्पेका लागि यो प्रतियोगिता महत्वपुर्ण हुनेछ । किनकी उनले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेका छैनन् ।
उनको पुर्व क्वल पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको साविक विजेता हो । गत सिजननै एम्बाप्पे पीएसजीबाट रियाल आएका हुन् । एम्बाप्पेले पछिल्ल्ला तीन सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा गोल गरेका छन् ।
जारी सिजन ला लिगाका चार खेलमा चार गोल गरेका एम्बाप्पेबाट रियालले सोही अनुसारको प्रदर्शनको अपेक्षा गरेको छ । स्पेनिस जायन्ट सामु च्याम्यिन्स लिगमा किर्तिमानी दुई सय खेल जित्ने र सात सय गोल गर्ने अवसर पनि छ ।
यसअघि भएका चारै भेटमा रियालले मार्शेलाई पराजित गरेको छ । यहि समयमा बोरूसिया डर्टमन्ड र युभेन्टस तथा बेन्फिका र अजरबैजानको काराबाग एफ.केबीच पनि खेल हुनेछ ।
यस्तै टटेनहमले भियारियालको सामना गर्दैछ । आजै आर्सनलले एथ्लेटिक बिल्वाओको भ्रमण गर्नेछ । पनि आमने सामने हुनेछन् । एथ्लेटिकले सन २०१४-१५ को सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको समुह अथवा लिग चरण खेल्दैछ ।
यो खेल राती साढे दस बजे सुरू हुनेछ । पीएसभीले युनियन सान जिलवाजको खेल पनि आजनै रहेको छ । च्याम्पियन्स लिगमा ३६ क्लबको सहभागिता रहेको छ । फाइनल सहित १ सय ८९ खेल हुनेछन् ।
यो पटक प्रिमियिर लिगका ६ क्लब प्रतिस्पर्धामा छन् । समग्रमा यो ७१ र च्याम्पियन्स लिग नामाकरण भएपछिको ३४औ संस्करण हो ।