काठमाडौं । सिनियर पुरूष टी-२० सरिजको अन्तिम खेलमा नेपालले आसामलाई २०९ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८ रन बनाएको थियो। ब्याटिङ लाइनअपमा नेपालका सबै खेलाडीले राम्रो प्रदर्शन गर्न सके।
कप्तान तथा विकेटकिपर ब्याटर अनिल शाह ११ रनमै आउट भए पनि बाँकी खेलाडीले सानदार प्रदर्शन गरेका हुन्। इशान पाण्डेले २० बलमा २९ रनको योगदान गरे।
तेस्रो नम्बरका शुभ कंशाकरले ४१ रन जोडे। उनले चार छक्का र एक चौकको सहयोगमा सो रन बनाएका हुन्। तेस्रो विकेटको लागि शुभ र सन्दिपले ८६ रनको साझेदारी गरेका हुन्।
सन्दिपले ३९ बलमा ६४ रन प्रहार गर्ने क्रममा सात बाउन्ड्री पार गरेका थिए। बसरि अहमद १० रनमा नै रिटायर्ड भए। आदिल आलमले भने ११ बलमा विष्फाेटक २५ रन जोडे।
अन्तिममा विवेक यादव र पवन सर्राफले समान सात-सात रन बनाएपछि नेपालले ठूलो लक्ष्य प्रस्तुत गरेको हो। नेपालविरूद्ध आसामका आयुषमान मलकर र अभिनव चौधरीले समान दुई-दुई विकेट आफ्नो नाममा गरेका थिए।