नेपाल 'ए' टिमले जित्यो आसामसँगको पाँच खेलको टी-२० सिरिज

निर्णयक खेलमा नेपाल ४४ रनले विजयी
भाद्र १६, २०८२ |खेल ब्युरो
नेपाल 'ए' टिमले जित्यो आसामसँगको पाँच खेलको टी-२० सिरिज

काठमाडौं । नेपाल 'ए' टिम भारतको आसामलाई हराउँदै सिनियर पुरुष टी-२० मैत्रीपूर्ण सरिजको च्याम्पियन बनेको छ। 

गुहावटीको एसीए रंगशालामा आयोजित पाँच खेलको सरिजको अन्तिम खेलमा आसामलाई ४४ रनले हराएर नेपाल च्याम्पियन बनेको हो। दुई सय नौ रनको लक्ष्य पछ्याएको आसाम एक सय ६४ रनमा समेटिएपछि नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ८ रन बनाएको थियो। ब्याटिङ लाइनअपमा नेपालका सबै खेलाडीले राम्रो प्रदर्शन गर्न सके। 

कप्तान तथा विकेटकिपर ब्याटर अनिल शाह ११ रनमै आउट भए पनि बाँकी खेलाडीको प्रदर्शन उल्लेलनीय रह्यो। इशान पाण्डेले २० बलमा २९ रनको योगदान गरे।तेस्रो नम्बरका शुभ कंशाकरले ४१ रन जोडे। 

उनले चार छक्का र एक चौकको सहयोगमा सो रन बनाएका हुन्। तेस्रो विकेटको लागि शुभ र सन्दिपले ८६ रनको साझेदारी गरेका हुन्। सन्दिपले ३९ बलमा ६४ रन प्रहार गर्ने क्रममा सात बाउन्ड्री पार लगाए।

बसिर अहमद १० रनमा नै रिटायर्ड आउट भए। आदिल आलमले ११ बलमा विस्फोटक २५ रन जोडे। अन्तिममा विवेक यादव र पवन सर्राफले समान सात -सात रन बनाएपछि नेपालले ठूलो लक्ष्य प्रस्तु गरेको हो। नेपालविरुद्ध आसामका आयुषमान मलकर र अभिनव चौधरीले समान दुई-दुई विकेट आफ्नो नाममा गरेका थिए।

जवाफमा आसामका लागि ऋषिकेश तमुलीले १७, सुमित घडीगाउँकरले २५, सौरभ दिहिन्गाले १७ रनको योगदान गरे। तीन विकेट क्षतिमा ७४ रन बनाइसकेको भए पनि त्यसपछि आसामले सम्हालिएर खेल्न सकेन्। 

निहार देका १७, शिवशंकर रोय ड र अब्दुद अजिज एक रनमा नै बाहिरिए। साहिल जैनले २५ रन जोडेको भए पनि ८ विकेट गुमाउँदा उसले एक सय २१ रन बनाएको थियो। त्यसपछि पृतम लखर २९ रनमा अविजित रहे पनि नेपाललाई जिसम्म पुग्तबाट रोक्न सकेनन्।

नेपाललाई महत्वपूर्ण जित दिलाउने क्रममा पवनले सानदार बलिङ गरे। उनले दुई ओभरमा १४ रन मात्रै खर्चिएर दुई विकेट लिए। शेर मल्ल र आकाश चन्दले पनि दुई दुई विकेट लिए।

सिरिजको पहिलो खेलमा आसाम १५ रनले विजयी भएको थियो भने त्यसपछि नेपालले लगातार दुई खेल जितेको थियो। हिजा भएको खेलमा नेपाल १८ रनले पराजित भएपछि खेल २-२ रोमाञ्चक बराबरीको अवस्थामा पुगेको थियो।