संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलबारको सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्नुभयो । 

प्रतिवेदन पेस गर्दै उहाँले निजामति सेवाका कर्मचारीले आफ्नो कामप्रति निष्ठावान र प्रतिवद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनि अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने गरी प्रवन्ध गरेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.