काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको पहिलो संस्करणमा नेट रनरेटमा पछि पर्दा प्लेअफ गुमाउन बाध्य बनेको काठमाण्डू गोर्खाज यसपटक नयाँ नाम, नयाँ लोगो र नयाँ रणनीतिसहित उपाधि जित्ने लक्ष्यमा अघि बढेको छ ।
कप्तान करण केसीको नेतृत्वमा अनुभवी तथा युवा खेलाडीको संयोजनमा तयार गरिएको ११ सदस्यीय स्वदेशी टोलीले बलियो स्क्वाड प्रस्तुत् गरेको छ । गोर्खाजले मिनी अक्सनमार्फत् मोहम्मद आदिल आलमसहित पााच खेलाडी अनुबन्ध गरेको छ । अब विदेशी आक्रामक ओपनर जोडी, डेथ ओभर स्पेसलिस्ट बलर र अनुभवी फिनिसर ल्याउन सके गोर्खाज बलियो प्रत्याशी बन्न सक्छ ।
एनपीएलको पहिलो संस्करणमा काठमाण्डू गोर्खाजले ठिकठाक प्रदर्शन गरे पनि नेट रनरेटमा पछि पर्दा पाँचौँ स्थानमा रहँदै प्रतियोगिता सकेको थियो ।
गोर्खाजले पहिलो संस्करणमा भरोसा जगाएका केही खेलाडीलाई अहिले पनि निरन्तरता दिएको छ । कप्तानको जिम्मेवारीमा रहेका करण केसीले पेस आक्रमणसागै तल्लो क्रममा आक्रामक ब्याटिङ पनि गर्न सक्छन् । उनीसागै भीम सार्की मध्यक्रममा भरपर्दो स्तम्भका रूपमा छन् । दिपेश काडेल र शाहब आलम दुबै जना बायाा हातका स्पिनर हुन् । उनीहरुले फरक परिस्थितिमा प्रभावकारी विकल्प दिन सक्छन् । प्रतिक श्रेष्ठले ब्याटिङमा गहिराइ दिने आशा गरिएको छ । राशिद खानले ब्याटिङ र पेस बलिङमा योगदान दिन सक्ने क्षमता बोकेका छन् ।
मिनी अक्सनमा गोर्खाजले पााच खेलाडीलाई अनुबन्ध गर्यो । कानुनी झमेलापछि प्रतिबन्ध मुक्त भएका मोहम्मद आदिल आलम अक्सनमा सबैभन्दा चर्चित थिए । सबै टिमले अधिकतम मूल्य १५ लाखसम्म बोली लगाउँदा अन्ततः गोर्खाज भाग्यमानी सावित भएको थियो । गोर्खाजले सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठीलाई सात लाख, उत्तम थापा मगरलाई तीन लाख र तुलबहादुर थापालाई दुई लाखमा अनुबन्ध गरेको छ ।
अक्सनमा जाादा गोर्खाजको पर्समा जम्मा ४३ लाख रुपैयाँ थियो । त्यसमध्ये ३७ लाख खर्च गरेपछि अहिले टिमको कोषमा छ लाख रुपैयाँमात्र बाँकी छ ।
त्यसो त गोर्खाजको बलिङ आक्रमण अहिले एनपीएलका अन्य टिमभन्दा कमजोर देखिादैन । करण केसी, राशिद खान र आदिल आलमले पेस बलिङमा विविधता ल्याउाछन् भने शाहब आलम, दिपेश काडेल, सन्तोष यादव र तुलबहादुर थापाले स्पिन आक्रमणलाई अझ प्रखर बनाएका छन् । अलराउन्डरहरूको सशक्त संयोजनका कारण गोर्खाजको टिम ब्याटिङ र बलिङ दुवै विभागमा गहिराइ लिएर मैदानमा उत्रन सक्नेछ । भीम सार्की र आकाश त्रिपाठीको उपस्थितिले मध्यक्रमलाई स्थिर र भरपर्दो बनाउनेछ ।
तर गोर्खाजसाग टप अर्डरमा आक्रामक ब्याटर छैनन् । पावरप्लेमा छिट्टै रन जोड्न सक्ने विदेशी ओपनरको खाँचो छ । अन्तिम ओभरमा दबाबपूर्ण अवस्थामा छिटो रन बनाउने फिनिशर पनि कमी छ । विकेटकिपिङमा उत्तम थापा मगरले सम्भावना देखाएका छन् तर अनुभवको कमी हुनसक्छ । त्यही कारण गोर्खाजका लागि विदेशी विकेट किपर आवश्यक छ ।
अघिल्लो संस्करणमा नेट रनरेटकै कारण प्लेअफ गुमाएको गोर्खाजका लागि यसपटक हरेक विभागमा स्पष्ट रणनीति आवश्यक छ । विदेशी खेलाडीमार्फत् गोर्खाजले आक्रामक ओपनार तथा शीर्ष क्रमका ब्याटर, विकेट किपर र डेथ ओभरमा करण केसीलाई सहयोग गर्ने फास्ट बल तथा अनुभवी फिनिसर खोज्नु आवश्यक छ । फिनिसर र डेथ ओभर स्पेसेलिस्टका लागि गोर्खाजले फास्ट बलर अलराउण्डर भित्र्याउन सके टोली थप बलियो बन्ने छ । बलिङमा विविधता, अलराउन्डरहरूको संयोजन र युवा-अनुभवको मिश्रणले टिम उपाधि जित्न सक्ने दाबेदारको रूपमा स्थापित भएको छ । बााकी कमजोरी विदेशी खेलाडीमार्फत पुरा गर्न सक्यो भने काठमाण्डू गोर्खाज यसपटक उपाधि दाबेदार बन्नेमा शंका छैन ।