एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघले दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा आयोजना हुने घोषणा गरेको हो ।

प्रतियोगिताको तयारी स्वरूप सम्पन्न मिनी अक्सनमार्फत् आठ वटै फ्रेन्चाइज टोलीले ११ सदस्य स्वदेशी खेलाडीको स्क्वार्ड तयार परिसकेका छन् । हाल टोलीहरुले विदेशी खेलाडी भित्र्याउने प्रक्रिया सुरु गरेका छन् ।

पहिलो संस्करणको एनपीएलले उल्लेखनीय सफलता हात पारेपछि यस पटकको लिगलाई झन् भव्य बनाउने क्यानको तयारी छ । नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक रात्रीकालीन खेलहरु फ्लडलाइटमा गरिने छन् भने टीयू क्रिकेट मैदानमा १० हजार दर्शक क्षमताको प्यारापिट निमार्णको कार्यसमेत अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगितामा लिग चरण, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुने छन् । क्यानले चाँडै प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गर्ने तयारी थालेको छ । पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.