काठमाडौं । नेपालले फराकिलो हारसहित साफ अन्डर-१७ महिला च्याम्पियनसिपको सुरूवात गरेको छ । च्यम्पियन बन्ने लक्ष्यसहित भुटान पुगेको नेपाल प्रतियोगिताको उद्दघाटन खेलमा भारतसँग ७-० को विशाल अन्तरले पराजित भएको हो।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपालले सुरूवात देखिनै कमजोर प्रदर्शन गर्दा भारतका लागि अविस्ता बस्नेत, निरा चानु लोङ्जम र अनुष्का कुमारीले समान २-२ गोल गरे । त्यसैगरी, जुलन नोन्गमाइथिमले समान एक गोल गरेपछि खेल ७-०मा समाप्त भएको हो ।
भारतका लागि खेलको १४औं मिनेटमा अविस्ताले ब्रेकथ्रु लिलाएकी थिइन्। पहिलो गोलको नौ मिनेट पछि निराले अर्को गोल गर्दै टोलीलाई २-० को अवस्थामा पुर्याइन् । अनुष्काले ३३औं मिनेटमा गोल गर्दा गोल अन्तर ३-० पुगेको थियो भने ४१औं मिनेटमा अविस्ताले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ४-० को अग्रता दिलाइन् ।
पहिलो हाफको इन्जुरी समयमा जुलनले गोल गर्दा भारतले सहज ५-० को अग्रता हासिल गरेको थियो । पहिलो हाफमा ५ गोल गरेको भारतले दोस्रो हाफमा पनि दबदबा जारी रख्यो । ५६औं मिनेटमा निराले व्यक्तिगत दोस्रो गोल गरिन् भने ६३औं मिनेटमा अनुष्काले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि भारतले ७-० को फराकिलो जित हात पार्यो । यो जितसँगै भारतले तीन अंक जोडेको छ।
चेतनारायण श्रेष्ठको टोलीले आफ्नो दोस्रो खेलमा शुक्रबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ । ८ गते बंगलादेशको सामना गर्दा दोस्रो राउण्डमा बंगलादेशसँग साउन ११ र भारतविरुद्ध १३ गते प्रतिस्पर्धा गर्ने छ भने आफ्नो अन्तिम खेललमा १५ गते घरेलु टोली भुटानविरुद्ध खेल्ने छ ।
भदाै १५ गतेसम्म भुटानमा चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान सहभागी छन्। डबल राउण्ड-रोबिन आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले २-२ खेल खेल्नेछ र शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।