वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने कप्तान इन्दु बर्माकाे भनाइ

वैशाख २, २०८३ |खेल ब्युरो
वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने कप्तान इन्दु बर्माकाे भनाइ

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान टिमकी इन्दु बर्माले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीले नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन् । 

रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बुधबार बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ-क्यानले एक कार्यक्रम बीच टोलीलाई बिदा गरेको हो । 

क्यान केन्द्रीय सदस्य धिरेन्द्र साउद लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । कप्तान इन्दु बर्माले लामो समय देखि प्रशिक्षण गरेको उल्लेख यसपटक उपाधि जितेर फर्कने लक्ष्य रहेको बताइन् । मुख्य प्रशिक्षक हर्षल पाठकले टिमलाई दबाबमा खेल्न सक्ने गरी मानसिक रुपमा तयार पारिएको उल्लेख गरे । 

यसपटकको तयारीबाट राम्रो नतिजा आउने प्रशिक्षक पाठकको विश्वास छ । आगामी सनिबार देखी वैशाख १८ गते सम्म आयोजना हुाने प्रतियोगितामा नेपाल, इटाली, रुवान्डा, अमेरिका र भानुआतुले प्रतिस्पर्धा गर्ने छन् ।