प्रशिक्षक यामप्रसाद गुरुङले साफपछि १० दिनको अभ्यासमा नेपाली टिमको डिफेन्समा सुधार गरेको बताएका छन्।
यो टिममा पूर्णिमा राई र मिना देउवा उत्कृष्ट लयमा छन्। यी खेलाडीले साफमा पनि सानदार प्रदर्शन गरेका थिए। साफ खेलेको टिममा प्रशिक्षक गुरुङले लेफ्ट ब्याक झुमा विश्वकर्मालाई बाहिर राख्दै सजिना स्याङताङलाई टिममा सामेल गरेका छन् ।
उत्तर कोरिया तीन पटकको यू-२० विश्वकप च्याम्पियन टोली हो। त्यसैले यो टोलीसँग नेपालले संयमित भएर खेल्नु आवश्यक छ।
एन्फा अध्यक्ष नेम्बाङले टोलीलाई विभाजित नभई एकबद्ध भएर खेल्न आग्रह गरेका छन्। सन् २०३१ को फिफा महिला विश्वकप खेल्ने लक्ष्य राखेको नेपालका लागि यो टिम ब्याकअप रहेका कारण उत्कृष्ट प्रदर्शन गर्न राखेप सदस्य सचिव घिसिङले शुभकामना व्यक्त गरेका छन् ।