शंकर देव क्याम्पसमा प्रशिक्षक र खेलाडी सम्मानित

श्रावण १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
शंकर देव क्याम्पसमा प्रशिक्षक र खेलाडी सम्मानित

काठमाडौं । अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीद्वारा आयोजित निःशुल्क बास्केटबल प्रशिक्षण क्याम्प–२०८२ को समापन कार्यक्रम शंकर देव क्याम्पसमा सम्पन्न भएको छ। प्रशिक्षण क्याम्प श्रावण ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको थियो।

प्रमुख अतिथिका रूपमा अनेरास्ववियू केन्द्रीय कमिटीका अध्यक्ष कमरेड महेश श्रेष्ठले सबैलाई सम्मान गर्नुभएको हो । प्रशिक्षण क्याम्पमा प्रशिक्षक सौरभ श्रेष्ठको नेतृत्वमा सहभागी विद्यार्थीहरूले बास्केटबलको आधारभूत सीप, शारीरिक सन्तुलन, टीमवर्क, रणनीति तथा प्रतिस्पर्धात्मक अभ्यास गर्ने अवसर पाएको कार्यक्रमका अध्यक्ष अनेरास्ववियू शंकरदेव क्याम्पस कमिटीका अध्यक्ष निर्तिक घर्तिमगरले बताउनुभयो ।

कार्यक्रमको औपचारिक सत्रमा प्रशिक्षण दिने प्रशिक्षक तथा क्याम्पमा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा सहभागी अतिथिहरूले यस्ता खेलकुदमुखी प्रयासहरूलाई निरन्तरता दिई युवा पुस्तालाई सही दिशातर्फ उन्मुख गराउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका सचिव युनिक लोहनीले अनेरास्ववियू शंकर देव क्याम्पस कमिटी आगामी दिनहरूमा पनि खेल, नेतृत्व विकास, सामाजिक जिम्मेवारी तथा शिक्षालाई जोडेर विद्यार्थीमुखी कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.