काठमाडौं । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज हजारौँ भक्तजन बोलबम यात्राका लागि काठमाडौँको सुन्दरीजलमा जम्मा भएका छन्।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौंमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरु पनि सहभागी हुने क्रम बढेको छ ।
प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारमा रहेको सुन्दरीजल पुग्ने भक्तजनले नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् र त्यहीँबाट जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा अनुसार यात्रा गर्छन्। यस वर्षको बोल बम यात्राको आयोजना बोलबम कार्यिया सङ्घ र सनातन युवा मञ्च नेपालले संयुक्त रूपमा गरेका हुन्। सुन्दरीजल प्रहरी प्रभागका अनुसार आजको यात्रामा १० हजारभन्दा बढी भक्तजनको सहभागीता रहेको छ।
गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिंगमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
साउन महिनामा हिन्दू धर्मावलम्बीले शिवको महिमा गाउँदछन् । शिव मन्दिरनजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ ।