विभेदपूर्ण कानुन परिवर्तन गरिदिन सांसदहरूलाई आग्रह

श्रावण १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
विभेदपूर्ण कानुन परिवर्तन गरिदिन सांसदहरूलाई आग्रह

काठमाडौं । विभेदपूर्ण कानुन परिवर्तन गरिदिन र लैंगिक हिंसा अन्त्यका लागि सक्रिय भूमिका खेलिदिन सरोकारवालाहरूले सांसदहरूलाई आग्रह गरेका छन् ।  काठमाडौंमा आज आयोजित छलफलमा सहभागीहरूले पहिचान अनुसारको नागरिकता मानवको सर्वस्वीकार्य अधिकार भएको बताए ।

कार्यक्रममा सरोकारवालाहरूले लैंगिक पहिचानसहितको नागरिकता लिन पनि विभिन्न झन्झट भोग्नुपरेको र सामाजिक व्यवहार समेत भेदभावपूर्ण हुने गरेको गुनासो गरे । कार्यक्रममा संसद्को शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले कुनै पनि नागरिकलाई राज्यले दिने सेवा सुविधामा विभेद र वञ्चित गर्न नहुने बताउनुभयो ।

कानुन, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले लैंगिक पहिचानसहितको न्यायका लागि आवश्यक कानुन निर्माण र संशोधनमा समितिले सघाउने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.