काठमाडौं । नाइजेरियाले कीर्तिमानी दशौं पटक महिला अफ्रिकन कप अफ नेशन्सको उपाधि जितेको छ । फाइनलमा नाइजेरियाले, मरक्कोलाई ३-२ गोलले पराजित गरेको हो । २-० गोलले पछि परेको नाइजेरियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।
राबटस्थित ओलम्पिक स्टेडियममा घरेलु टिमले खेल सुरू भएको १२औं मिनेटमै अग्रता लिएको थियो । उसका लागि कप्तान घिजियन चेबाकले गोल गरेकी थिइन् । २४औं मिनेटमा साना मासुडीले अग्रता दोब्बर बनाएपछि नाइजेरिया पहिलो हाफमा नै २-०ले पछि परेको थियो । तर अफ्रिकन महिला फुटवलको सवैभन्दा सफल नाइजेरियाले ब्रेकपछि सानदार खेल प्रदर्शन गर्दै तीन गोल फर्कायो ।
६४औं मिनेटमा भिडियो एसिस्टेन्ट रेफ्रीले नाइजेरियालाई लाफइलाइन प्रदान गर्यो । मोरक्कोकी नौहालिया बेन्जिनाबाट ह्यान्डबल भएपछि भारको परिक्षणबाट नाइजेरियाले पेनाल्टी प्राप्त गर्यो । इस्थर ओकोरोन्कोले पेनाल्टीमा गोल गर्दै मरक्को संगको दुरी २-१मा झारिन् ।
७१औं मिनेटमा फोलासेड फ्लोरेन्स इजामी लुसीले गोल गरेपछि खेल २-२को रोमान्चक बराबरीमा पुगेको थियो । ८८औं मिनेटमा जेनिफर इचेगिनीले गोल गरेपछि २१ हजार दर्शक क्षमता भएको रंगशाला शान्त बनेको थियो ।
नाइजेरियाले महिला अफ्रिकन कफ अफ नेशन्सका १२ संस्करण मध्ये १० को उपाधि आफ्नो नाममा लेखाएको छ ।