काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ । नेपाली भलिबलको इतिहासमा अक्सन हुन लागेको यो पहिलो पटक हो ।
आज दिउँसो काठमाडौंमा तीन बजेदेखि हुने अक्सनबाट सहभागी ६ फ्रेन्चाइजी टिमले खेलाडी लिनेछन् । लिगमा कर्णाली यस्भिज, ललितपुर क्विन्स, काठमान्डु स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जा र लुम्बिनी लाभा छन् ।
पोखरा गन्डकी थन्डर्स र लुम्बिनी चितवन शक्तिको स्थानमा आएका हुन् । कर्णाली साविक विजेता र ललितपुर साविक उपविजेता टिम हुन् । कर्णालीले, सुमित्रा रेग्मी, ललितपुरले सलिना श्रेष्ठ र मधेश युनाइटेडले निरुता ठगुन्नाइलाइ मार्की खेलाडीमा निरन्तरता दिएको छ । पोखरा निन्जाले प्रगती नाथलाई आफ्नो मार्की घोषणा गरेको छ ।
अक्सनबाट प्रत्येक टोलीले 'ए' क्याटेगोरीबाट १, 'बी' बाट ३ र 'सी' बाट ३ गरी ७ खेलाडी खरिद गर्नेछ । अक्सनमा ६८ खेलाडी समावेश छन् । दोस्रो संस्करण आगामी भदौ २० देखी २८ गतेसम्म हुनेछ ।